नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्नाका बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती, नियमन निकायलाई छैन चाँसो 

उपभोक्ताको स्वास्थ्यमा खेलबाड

बझाङको खप्तडछान्ना गाउँपालिका भित्रका बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । नियमन निकायले यस बिषयमा चाँसो नदेखाउने तथा कहिल्यै बजारमा अनुगमन नगरीने भएकाले म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको समाज सुधार किशोरी क्लबका किशोरीहरुले जानकारी दिए । क्लबकि अध्यक्ष करुना उपाध्यायले भन्नुभयो, ‘केहिदिन अघि हाम्रो समाज सुधार किशोरी क्लबले तिहारको उपलक्ष्यमा देउसी कार्यक्रमबाट उठेको रकमबाट पिकनिक कार्यक्रम ग¥यो । पिकनिक कार्यक्रमको लागि वडा नम्बर ५ मा रहेको कालुखेती बजारबाट ठुलो मात्रामा चाउचाउ, चिउरा, मसला लगाएतका खाद्य सामाग्रि किनेर लग्यौ सबै म्याद नाघेको रहेछ । चिउरामा त किरा पनि परेको रहेछ, हामिले त म्याद गएको सामान थाहा पाएर सबै नष्ट गर्यौ तर हाम्रो गाउँ समाजका वृद्धवृदा, कतिपय म्याद हेर्न नजान्ने तथा थाहै नभएकाहरुलाई यस्ते सामानले कति असर गर्छ होला ?’ बर्षौ अघिको खाद्य सामग्री गोदाममै थन्काएका कतिपय व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री गर्ने गरेको स्थानियको भनाई छ । गाउँपालिकाका मुख्य बजारहरु कालुखेती, गडराय, डोम्के बजार लगाएतका स्थानमा भएका पसलहरुमा म्याद नाघेका सामानहरु मात्रै भेटिने गरेको स्थानिय प्रतिक्षा जोशीले बताइन् ।

खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चिउरा, मसला, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ छन् । पेयपदार्थमा रिएलजुस, फ्रुटिहरु, बोटलको पानी लगायतको म्याद नाघेका पाइन्छ । कसैले पनि यो विषयमा चाँसो नदिँदा व्यापारीहरूले म्याद नाघेका खाद्य सामग्रीलाई उपभोक्तालाई झुक्याएर बिक्रीवितरण गर्ने गरेका छन् । सरकारले म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कारबाही गर्ने अधिकार स्थानिय तहलाई दिइएको छ ।

गाउँपालिकामा उपाध्यक्षको संयोजगत्वमा रहेको अनुगमन टोलीले जुनसुकै समयमा पनि अनुगमन गर्ने अधिकार भएपनि खप्तडछान्ना गाउँपालिकामा यो विषयलाई बेवास्ता गरिएको छ । यता गाउँपालिका उपाध्यक्ष विष्णु थापाले भने दशै अघि नै बजार अनुगमन गरिसक्ने योजना रहेपनि समय अभाव तथा जनप्रतिनिधिहरु बिच समन्वय हुन नसक्दा अनुगमन नगरिएको बताए । अब यहिँ मंसिर भित्र पालिका भित्रका सबै बजारमा अनुगमन गरिसक्ने थापाको भनाई छ । जिल्लाका अन्य बजारहरुमा अनुगमन गरेर लाखौ मूल्य बराबरका अखाद्य वस्तु नष्ट गरिरहेको घरेलु कार्यलय बझाङको नजर खप्तडछान्नामा भने पर्न सकेको छैन् ।  

स्थानिय तहलाई कुनै व्यापारीले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिमाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सक्ने अधिकार छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै