नेभिगेशन
खेल

भारतलाई हराउँदै अष्ट्रेलियाले लियो छैटौं पटक विश्वकपको उपाधि

 ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ ।

जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।

एक समय ४७-३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाए । टोलिलाई दुई रन चाहिदा हेस आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ तन जोडे ।

ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भएका थिए ।

मिचेल मार्श जस्पित बुमराहको पाँचौ ओभरको तेस्रो बलमा १६ रनमा क्याच आउट भए । एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । उनले १५ बलमा १ चौका र १ छक्का हाने ।

त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।


भारतका लागी विकेटकिपर लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए ।  विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए ।

कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खासै प्रदर्शन सम्झन लायक  रहेन ।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।

स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए । त्यो नै भारतको हारको प्रमुख कारण थियो ।

त्यसपछि कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन् । भारतले १० ओभरपछी अर्को बाउन्डी ९७ बल पछी प्रहार गरेको थियो ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भएका थिए ।
 चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए ।


प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो ।

रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । अष्ट्रेलियालाई जिताउन उनको कप्तानी पनि महत्त्वपूर्ण रह्यो ।


एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए ।

भारतले लिगमा सबै खेल जितेको थियो । अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो ।

यसअघि सन्  १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधी जित्ने सपना पुन अधुरै रह्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै