नेभिगेशन
खेल

चार देशीय महिला टी–२० क्रिकेट शृङ्खला : जापानलाई हराउँदै नेपाल तेस्रो

नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको छ ।

जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनायो ।

जापानकी ओपनर अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन् ।

संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाखृनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो । नेपालको जितमा ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् ।

रोमा थापा १९ बलमा ३ चौकासहित २२ रन बनाउदै रन आउट भैइन् । नेपालले ओपनर सीता रानामगरलाई पाँच रनमा गुमाएको थियो । एरिका क्विइनको दोस्रो ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएकी थिइन् ।

कप्तान इन्दु बर्मा २१ बलमा १ चौकासहित १२ रनमा क्याच आउट भैइन् । उनी आयुमी फुजिकावाको बलमा कियोबाट समातिन पुगेकी थिइन् ।

रुबिना बेलबासे १९ बलमा २ चौकासहित २१ रन बनाउदै रन आउट हुन पुगिन् ।

जापानकी एरिका क्विइन, आयुमी फुजिकावा एहिल्या चान्डलले समान एक विकेट लिए ।

खेल बिहान ७: १५ मा सुरु भएको थियो । नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै