नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक पसल तोडफोड गरेको आरोपमा १४ वर्षिय बालक पक्राउ 

बझाङमा पसल तोडफोड गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम चैनपुरको चौराहा नजिकै रहेको एसपलस मोबाइल ग्यालरीमा चोरी गरेको आरोपमा एक बालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुर्मा गाउँपालिका वडा नम्बर २ का १४ वर्षीय अजय बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हिजो शुक्रबार राती साढे ११ बजेको समयमा बोहोरा मोबाइल ग्यालरी भित्र पसेर सामान चोरी गर्दै गरेको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ बझाङ प्रहरी प्रमुख एवं डिएसपि भरत बहादुर शाह सहितको टोली खटिएर उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । चोरी गर्ने उद्येश्य सहित पसलको ताला फोडेर भित्र गएका बालकले प्रहरी र स्थानिय आएपछि सामान चोर्न भने नपाएको तर केहि मोबाइल, ल्याप्टप लगाएतका इलेक्ट्रोनिक सामाग्रीमा क्षती पुगेको पसल सञ्चालक शिवराज उपाध्यायले बताउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत शाहले बताउनुभयो । ति बालकले गत कार्तिकमा सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको एक आधारभुत स्वास्थ्य केन्द्रमा समेत तोडफोड गरेर स्वास्थ्य सामाग्री चोरी गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै