नेभिगेशन
खेल

सुर्मा चौगाउँ च्याम्पियन क्रीकेट प्रतियोगिता : आयोजक साइनस्टार युवा क्लब फाइनल प्रवेश

शुभदिपावलीको अवषर पारि सुर्मा गाउपालिका ५ धौल्देउ माविको प्राङ्गणमा जारी सुर्मा चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिता अन्तर्गत आज एउटा सेमिफाइनल खेल सम्पन्न भएको छ ।

आज सेमिफाइनल चरणका दुईवटा खेल सम्पन्न गर्ने उदेश्यसहित खेलाइ पनि समय अभावले एउटा मात्रै खेल खेलाइएको छ । आज आयोजक साइनस्टार युवा क्लब सुर्मा ५ र नेक्सस युवा क्लब सुुर्मा १ बीच भएको १० ओभरको खेलमा आयोजक साइनस्टार युवा क्लबले टस जितेर फिल्डिङ् रोजेको थियो । निर्धारित १० ओभरमा ९६ रनको लक्ष्य दिएको नेक्सस युवा क्लब सुुर्मा १ लाई साइनस्टार युवा क्लब सुर्मा ५ ले ३४ रनले पराजित गरेको आयोजक साइनस्टार युवा क्लबका अध्यक्ष जनक जेठाराले बताउनुभयो ।

उहाँका अनुसार यो जितसँगै आयोजक साइनस्टार युवा क्लब सुर्मा ५ फाइनल प्रवेश गरेको छ । उसले भोलीको सेमिफाइनल बिजेता टिमसँग फाइनल खेल खेल्नेछ ।

भोली हरिचन्द्र स्मृति युवा क्लब सुर्मा ४ र समाजसुधार युवा क्लब दौलीचौर सुर्मा १ बीच सेमिफाइनल खेल हुनेछ भने यी टिमको बिजेताले साइनस्टार युवा क्लब सुर्मा ५ सँगै फाइनल खेल्ने आयोजकले जनाएको छ । यही कात्तिक २४ गतेबाट सुरु भएको सुर्मा चौगाउ च्याम्पियन क्रीकेट प्रतियोगितामा २० टिम सहभागी रहेका भए पनि १९ टिम समुह चरणबाटै बाहिरिसकेका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप खेल
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै