नेभिगेशन
सुदूरपश्चिम

बझाङमा पनि २० गतेबाट लकडाउन, अत्यावश्यक सेवाबाहेक सबै ठप्प 

बझाङ : कोरोना संक्रमणदर बढ्दै गएपछि बझाङमा पनि एक हप्ताका लागस लकडाउन गर्न डिसिसिएमसीले सिफारिस गरेको छ । जिल्लामा बाहिरबाट आउने क्रम र जथाभावी हिडडुल गर्ने क्रम नरोकिएको भन्दै आज बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन सञ्चालन केन्द्र (DCCMC) को बैठकले जिल्लाभर लागु हुने गरि २० गते बिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । 

बैठकले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु पाइने पसल मात्र बिहान ७ देखि ९ बजेसम्म र वेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने, बैंक तथा वित्तिय संस्था हरेक दिन बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, एम्बलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधन चलाउन नपाइने र विकास निर्माणका कार्यहरु स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिने निर्णय डिसिसिएमसीले गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै