नेभिगेशन
खेल

छबिसपाथिभेरा-४ झुतेरामा सुरु भयो भलिबल प्रतियोगिता, आज दुई खेल भए

  • उत्तम जोशी

 छबिसपाथिभेरा गाउँपालिका- ४ झुतेरामा वडास्तरीय पुरुष जुनियर भलिबल प्रतियोगिताको आज उद्धघाटन गरिएको छ ।

स्थानीय चाड तागासेलाई तथा शुभ दिपावलीको अबसर पारेर बान्नीमष्टा जागरण युवा क्लब झुतेराले आयोजना गरेको वडा तथा टोलस्तरीय पुरुष जुनियर भलिबल प्रतियोगिताको आज उद्धघाटन गरिएको हो ।

बान्नीमष्टा जागरण युवा क्लबका अध्यक्ष सिद्धाराज थापाको अध्यक्षतामा छविसपाथिभेरा–४ झुतेराको जनपृय आधारभूत विद्यालयको खेल मैदानमा आज उद्घाटन गरिएको कार्यक्रममा छबिस पाथिभेरा गाउँपालिका बड़ा नं ४ का वड़ाध्यक्ष अम्मराज थापा प्रमुख अतिथी रहनुभएको थियो ।

आज पहिलो दिन भलिबल प्रतियोगितामा दुईवटा खेल खेलाइएको त्यहाँबाट जयपृथ्वी एफएम नेटवर्कका संवाददाता उत्तम जोशीले जानकारी दिनुभयो ।

पहिलो खेल आयोजक ए र छबिस पाथिभेरा गाउँपालिका वडा ६ बीच भएको खेलमा आयोजक ए बिजयी भएको छ । दोस्रो खेलमा दाना स्पोर्ट्स र आयोजक सि बिच भएको खेलमा दाना स्पोर्ट्स बिजयी भएको छ।

बाँकी खेल भोलीदेखि हुने भएका छन् । भलिबल प्रतियोगितामा पालिका भित्रका २४ ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु २५ हजार, द्वितीय रु १५ हजार र तृतीय पुरस्कार रु १० हजार रुपैयाँ रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै