नेभिगेशन
खेल

सुरु भयो प्रथम गणेश स्मृती फुटबल प्रतियोगिता, आयोजक भोपुर युवा समाज वि र मोर्तोली टिमको बिजयी सूरुवात

बझाङमा प्रथम गणेश स्मृती फुटबल प्रतियोगिताको उद्धघाटन भएको छ । शुभ दिपावली तथा छठ पर्वको अवसरमा भोपुर युवा समाजले आयोजना गरेको उक्त प्रतियोगिताको आज एक औपचारीक कार्यक्रमका बिच उद्धघाटन गरीएको हो । 

भोपुर युवा समाजका अध्यक्ष रमेश केशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा संविधान सभा सदस्य अफिलाल ओखेडा प्रमुख अतिथी रहनुभएको थियो ।

गत महिना इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका जयपृथ्वी नगरपालिका ११ भोपुरका स्थानिय गणेश नेपालीको सम्झनामा प्रथम गणेश स्मृती फुटबल प्रतियोगिता आयोजना गरिएको भोपुर युवा समाजले जनाएको छ ।

फुटबल प्रतियोगिता अन्र्तगत आज पहिलो दिन दुई वटा खेल सम्पन्न भएका स्थानिय तथा भोपुर युवा समाजका सदस्य राइस क्याप्टेन रमेश जोशीले जानकारी दिनुभयो । आज भएको पहिलो खेलमा आयोजक भोपुर युवा समाज वि र चौगाइ डट कम बिच खेल भएको छ ।

जस्मा आयोजक भोपुर युवा समाज वि विजयि भएको छ । दोस्रो खेलमा मोर्तोली टिम जयपृथ्वी नगरपालिका २ र जनपा -९ देवल टिम बिच भएको थियो । यस्मा मोर्तोली टिम जयपृथ्वी नगरपालिका २ ले जित हात पारेको छ । जिल्ला स्तरिय फुटबल प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । अन्य टिमहरु बिच खेल भोली बिहान ८ बाट सुरु हुने छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. ६५ हजार र द्धितिय पुरस्कार ३१ हजार ट्रफी,मेडल र प्रमाणपत्र सहितको व्यवस्था गरिएको छ । यसैबिच जयपृथ्वी नगरपालिका ११ ठानाचौरमा पनि टोल स्तरिय भलिबल प्रतियोगिता र देउडा कार्यक्रम आजबाट सुरु भएको छ ।

स्थानीय पर्व तागासेलाईको अवसर पारेर वडा कार्यलयले आयोजना गरेको टोलस्तरिय भलिबल तथा देउडा प्रतियोगिता आजदेखि सुरु भएको जनपा ११ का वडाध्यक्ष सर्जन ब थापाले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा प्रथमले २५ हजार, द्वितीयले १८ र तृतीयले ११ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै