नेभिगेशन
खेल

बुंगल भलिबल प्रतियोगीता : पहिलो हुन पुरुष तर्फ छबिसपाथिभेरा तथा केदारस्युँ र महिला तर्फ बित्थडचिर र जयपृथ्वी भिड्ने

बुंगल नगरपालिकाको सरस्वती मावि बिजगडा प्राङ्गणमा जारी भलिबल प्रतियोगीतामा आज क्वाटर फाइनल र सेमिफाइनल चरणका गरि पुरुष तर्फका पाँच वटा खेल सम्पन्न भएका छन् ।

क्वाटर फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा बुंगल नगरपालिका र मष्टा गाउँपालिकाबीच भिडन्त भएकोमा बुंगल नगरपालिकाले दुई सुन्यको सोझो सेटले मष्टा गाउँपालिकामाथि जित हात पारेको छ ।

जयपृथ्वी नगरपालिका र बित्थडचिर गाउँपालिकाबीच भएको दोस्रो खेलमा जयपृथ्वीले दुई सुन्यको सेटमा बित्थडचिरलाई हराउँदै जित हात पारेको थियो ।

छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकाबीचको तेस्रो खेलमा केदारस्युँ गाउँपालिकाले दुई सुन्य सेटमा छबिसपाथिभेरालाई हराउँदै जीत हात पारेको थियो । यस्तै आजै सम्पन्न भएका दुई वटा सेमिफाइनल चरणका दुईवटा खेलमा छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिका फाइनल प्रवेश गरेका छन् ।

सेमिफाइनल चरण अन्तर्गत पहिलो खेलमा पोल एको बिजेता बुंगल नगरपालिका र पोल बीको उपबिजेता छबिसपाथिभेराबीच भएको खेलमा छबिसपाथिभेराले बुंगलबिरुद्ध दुई सुन्य सेटको जित हात पार्दै फाइनल प्रवेश गरेको छ भने पोल बिको बिजेता केदारस्युँ गाउँपालिका र पोल ए को उपबिजेता जयपृथ्वी नगरपालिकाबीच भएको दोस्रो खेलमा केदारस्युँ गाउँपालिकाले पनि जयपृथ्वी नगरपालिका विरुद्ध दुई सुन्य सेटले जित हात पार्दै फाइनल प्रवेश गरेको छ । भोली फाइनल चरणका तीनवट खेल हुने भएका छन् ।

भोली हुने पहिलो खेलमा पुरुष तर्फको तृतिय स्थानका लागि बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिका भीड्ने भएका छन् ।  यस्तै दोस्रो फाइनल खेलमा महिला तर्फ प्रथम स्थानका बित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिकाबीच भिडन्त हुने भएको छ भने अन्तिम फाइनल खेल पुरुष तर्फ प्रथम स्थानका लागि छबिसपाथिभेरा र केदारस्युँ गाउँपालिका भिड्ने भएका छन् ।

बुंगल नगर खेलकुद विकास समितिद्धारा सञ्चालन भइरहेको जिल्ला अन्तर पालिका स्तरिय भलिबल प्रतियोगीतामा पुरुष ८ टिम र महिला ६ टिम सहभागी रहेको बुंगल नगर खेलकुद विकास समितिका सदस्य सुरेश ताम्राकारले बताउनुभयो । भोली फाइनल चरणका खेल खेलाएर पुरस्कार वितरणसँगै प्रतियोगीताको औपचारिक रुपमा समापन हुने पनि ताम्राकारले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै