नेभिगेशन
सुदूरपश्चिम

कैलाली जिल्ला अदालत फोडेर मध्येराति पेस्तोल र गोली चोरी

कैलाली जिल्ला अदालतमा आइतबार राति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब साढे १० बजे अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर भित्र पसेका व्यक्तिहरूले मुद्दाका मिसिलका साथमा रहेका पाँच थान मोवाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरेर लगेका छन् ।

अदालतको प्रवेशद्धार र परिसर भित्र प्रहरीले सुरक्षा दिने भएपनि प्रहरी नरहेको दक्षिणतर्फको भागबाट भित्र पसेका व्यक्तिहरूले श्रेस्तेदार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबै तिर गएको देखिएको प्रहरीले बतायो ।
उनीहरू पहिलेदेखि नै कुन मिसिल कहाँ छ, मुद्दा फाँट कहाँ छ ? भन्ने जानकारी राखेर भित्र पसेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । सबै तिर अवलोकन पनि मुद्दा दर्ता फाँटमा मिसिलसँगै रहेका मोवाइलहरू र कटुवा पेस्तोल लगेको देखिएको छ ।

अदालत भित्र चोरी भएको घटना प्रहरीले बिहान मात्र जानकारी पाएको थियो । त्यही परिसरमा रहेका प्रहरीले समेत राति चोरी भएको थाहा पाएनन् ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू मुद्दासँगै सम्बन्धित भएको अनुमान गरेको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको चन्दले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै