नेभिगेशन
सुदूरपश्चिम

राम्रो प्रदर्शन गरेको भन्दै थलारा गाउँपालिकाले खेलाडीको मनोबल बढाउन पुरस्कार दिने

थलारा गाउँपालिकाले शिलदेवी मेलामा दोस्रो स्थान कब्जा गरेको खुशीयालीमा भलिबल खेलाडीलाई सम्मान गरेको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले शिलदेवी मेलामा आयोजना गरेको पालिका स्तरीय मदन आश्रीत पुरुष भलिबल प्रतियोगितामा द्वितीय स्थान ल्याउन सफल गाउँ पालिका खेलाडीलाई सम्मान गरेको हो ।

प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरेर गाउँपालिकाको सान बढाएको भन्दै खेलाडीको मनोबल उच्च राख्न गाउँपालिकाले सम्मान सहित पुरस्कृत गर्ने निर्णय गरेको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो ।

उहाँका अनुसार आइतबार बसेको कार्यपालिका बैठकले नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले शिलदेबी मेलाको अवसरमा आयोजना गरेको मदन आश्रीत स्मृति पुरुष भलिबल प्रतियोगितामा द्वितीय स्थान ल्याउन सफल खेलाडीलाई जनही ५/५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

खेलाडीहरुले जितेर ल्याएको ट्रफी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् भने खादासहित थलारा गाउँपालिकाले खेलाडीलाई सम्मान गरेको हो ।

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङद्वारा आयोजित पालिका स्तरीय मदन आश्रीत स्मृति पुरुष भलिबल प्रतियोगितामा थलारा गाउँपालिका टिमले द्वितीय स्थान हासिल गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको थियो । खेलाडीको मनोवल बढाउन थलारा गाउँपालिकाले गरेको सम्मान स्वागतयोग्य रहेको खेलाडीहरुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै