नेभिगेशन
खेल

विश्वकप एसिया छनोट : फाइनलमा आज नेपाल र ‌ओमान आमनेसामने हुँदै

आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज नेपालले ओमानसँग खेल्दैछ । टीयु क्रिकेट मैदान, कीर्तिपुरमा खेल बिहान ११ बजे सुरु हुनेछ ।

नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । फाइनल पुगेसँगै दुवै टोलीले विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।

समूह चरणको खेलमा ओमानले नेपाललाई पाँच रनले पराजित गरेको थियो । नेपाल आज सोही हारको बदला लिने योजनामा छ । घरेलु टोलीलाई समर्थकको साथसमेत हुनेछ । साथै टीयूमा नेपाल लगातार दोस्रो पटक उपाधि जित्न चाहन्छ । नेपालले पछिल्लो पटक गत वैशाखमा एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल, कुशल मल्ल र कप्तान रोहित पौडेलको ब्याटिङ प्रदर्शन महत्वपूर्ण हुनेछ । यस्तै आसिफ शेखले इनिङ होल्ड गर्नेछन् । दीपेन्द्र सिंह ऐरीलाई आज आराम दिइन सक्छ । सन्दीप लामिछानेले आज ४ विकेट लिए उनी टी–२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाउने छन् । सोमपाल कामी र करण केसीको बलिङ नेपालका लागि महत्वपूर्ण हुनेछ ।

अकिब इल्यास र जिशान मकसुद ओमानका प्रमुख अलराउन्डर हुन् । बिलाल खानको बलिङ प्रदर्शन उसका लागि महत्वपूर्ण हुनेछ ।

पछिल्ला पाँच टी-२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै