नेभिगेशन
विचार

सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

नेट इन्टरनेटले मानिसहरुलाई आजभोली यति धेरै त्रसित र यति धेरै सजिलो बनाएको छ कि जुन हाम्रो परिकल्पनाभन्दा बाहिर जान्छ । कतिपय कुराहरु आफ्नै मोबाइल स्क्रिनमा आउँदा हामीलाई सहज बनाएको छ भने कतिपय कुराको प्रयोग गर्न नजान्दा वा बाध्यात्मक परिस्थितिले हामी साइबर क्राइमको दलदलमा फसिरहेका छौं । अन्य कुरा नगरौं बझाङका दुईजना शिक्षित व्यक्ति अझ भनौं शिक्षकहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहनुभएको छ । उहाँहरु हुनुहुन्छ दुर्गाथलीका शिक्षक ध्रुवराज सोती र थलाराका महेशप्रसाद भट्टराई ।  

उहाँहरुलाई अहिले यसरी भाइरल बनाइएको छ कि बाहिर अनुहार देखाउनै मुस्किल भइरहेको छ । तर यसमा हामी अचम्मित हुनुपर्ने कारण छैन । किनभने एउटा युवती नग्न अवस्थामा कामुक भएर बसिरहँदा उहाँहरुमा यौन उत्तेजना हुनु स्वाभाविक हो । 

भिडियोकलमार्फत आफ्नो नग्न शरीर देखाउँदै सरहरुलाई पनि कपडा खोलेर गोप्य अंगहरू देखाउन भनेपछि सरहरु आवेशमा आएर पग्लिएका हु्न् । प्राध्यापक भट्टराईले भने, 'भिडियो कल गरेर म माथि ब्लाकमेलिङ भयो । म पढाइरहेको थिएँ । एक्कासी नङ्गीएकी युवतीले भिडियो कल गरिन् । म आवेगमा आएको हुँ । अब सचेत भएँ ।'

यो अवस्थामा मानविय गुण प्रदर्शन हुनु कुनै अस्वाभाविक होइन तर उहाँहरु जस्तो शिक्षित व्यक्ति फन्दामा पर्नुमा समस्या हो । भोली आएर तपाई हामी पनि यसरी नै नङ्गिने अवस्था आउन सक्छ । 

पछिल्लो समय नेपाल, भारत, युरोपियन देश मात्र नभई संसारभरि नै यस्तो घृणित काम गर्दै पैसा असुल्ने युवतीहरूको समूह ठूलो देखिन्छ भने यस्तो गर्नुको पछाडि तीनवटा प्रमुख कारण रहेको देखिन्छ । 

पहिलो कारण भिडियो बनाएर पैसा असुल गर्ने । यस्ता युवतीहरूले मानिसको प्रोफाइल हेर्छन् । प्रोफाइलअनुसार उनीहरू सामाजिक सञ्जालमा जोडिन्छन् । प्रेमको नाटक गर्छन् । अश्लील भिडियो बनाउँछन् । आफूसँग अश्लील भिडियो भएको भन्दै पैसाका लागि बार्गेनिङ गर्छन् । 

दोस्रो कारण हो, बैंक खाता ह्याक गरी पैसा तान्ने । केही यस्ता युवतीहरू हुन्छन् जसले मायाजालमा फसाउँछन् र 'पैसा पठाइदिन्छु' भन्दै बैङ्क डिटेल्स लिन्छन् र खाता ह्याक गरेर खातामा भएको सबै पैसा तान्ने गरेको देखिन्छ ।

तेस्रो कारणमा पर्छ, केटाको मनस्थिति बुझ्ने । यदि पैसा दिन आनाकानी गर्‍यो भने त्यो भिडियो परिवारका सदस्य, साथीभाइलाई पठाएर बेज्जत गरिदिने । तर, यी सबै गर्नुको पछाडि भने पैसाको बार्गेनिङ नै मुख्य भएको पिडित प्राध्यापक महेश भट्टराई बताउनुहुन्छ । 

उहाँ यस्ता छिटपुट घटनाहरू आफूले सुनेको तर नचिनेकाहरूलाई साथी बनाउनुपूर्व उसको प्रोफाइल चेक गरेर चिनजानका साथीभाइहरू धेरै भए मात्र अनुरोध स्वीकार गर्दा यस्तो समस्या नआउने बताउनुहुन्छ । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा विधिको अवलम्बन गर्न आवश्यक छ । यदि चुकियो भने यस्ता आपराधिक गिरोहहरूको फन्दामा परिने रहेछ । बिचार पुर्याउ है । अधिकांश साइबर अपराध फेसवुक र म्यासेन्जरको प्रयोगबाट हुने गरेका छन् । त्यसमा सबैभन्दा धेरै २० बर्ष मुनिका किशोर–किशोरी संलग्न छन् ।

धेरैजसो साइबर अपराधमा यौन र सम्बन्धको कुरा बढी जोडिन्छन् । पछिल्लो समय साइबर ठगीको सजिलो माध्यम बन्दै गएको छ । पैसा कमाउने उद्देश्यले पनि साइबर अपराध बढेको छ ।

नेपालमा पनि नेपाल प्रहरीको साइबर ब्युरोले व्यक्ति/अपराधिक समूहले सामाजिक सञ्जालमार्फत ठगी गर्ने कार्य दिन प्रतिदिन बढ्दै गएको जनाएको छ । ब्युरोले यसअघि पटकपटक विज्ञप्ति प्रकाशित गरी सामाजिक सञ्जालमार्फत ठगी कार्य बढेको जनाउँदै त्यसबाट बच्न र सचेत रहन अनुरोध गरेको छ । 

साइबर ब्युरोले प्रकाशित गरेको विज्ञप्तिमा 'सामाजिक सञ्जालमार्फत चिनजान भएकाले उपहार माग्ने, सामाजिक सञ्जाल ह्याक गरी रकम माग्ने, प्रेमजालमा पारी अनेकौँ बहानामा पैसा माग्ने र खाता खोल्न लगाई ओटीपी र एटीएमलगायतका विवरण मागी रकम असुली गर्नेजस्ता कार्य गरेको देखिएकाले यसप्रति सचेत रहन' आग्रह गरिएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप विचार
एक राजाको अभिव्यक्तिबाट किन सयौं राजा झस्किए ?

एक राजाको अभिव्यक्तिबाट किन सयौं राजा झस्किए ?

केही दिनअघि नेपालका पूर्वराजा ज्ञानेन्द्रबहादुर शाहले देशमा पुनः राजसंस्थाको आवश्यकता रहेको भन्दै दिएको अभिव्यक्तिले नेपालको राजनीतिक वृत्तमा ठूलै तरंग ल्याएको छ।
यसकारण सबैलाई ढोग दिइदैन

यसकारण सबैलाई ढोग दिइदैन

नेपालको सुदूरपश्चिमी तथा कर्णाली क्षेत्रको सांस्कृतिक र भाषिक पहिचानका प्रतीकका रूपमा “ढोग दियाँ” जस्ता शब्दहरूको प्रयोग परंपरागत रूपमा सम्मान र श्रद्धाको प्रकटका लागि गरिएको छ ।
झुटेडाकी  तागासेलाईँ

झुटेडाकी तागासेलाईँ

तागासेलाइ “तागासेलाइ खी झुटेडा आइ झाया साथेउ” यी शब्दहरु म शान्ति माबी चौघानपाटा बझाङमा २०५१-५५ सम्म कक्षा ६ देखि १० सम्म पढ्दा ताका झुटेडातिरका साथीहरूले तागासेलाइको लागि निमन्त्रणा...
भर्खरै