नेभिगेशन
समाज

भूकम्पमा परी रुकुम र जाजरकोटमा ५३ जनाको मृत्यु भएको पुष्टि, जाजरकोटकी एक नगरउपप्रमुखको निधन

जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराती ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ। राती ११ बजेर ४७ मिनेटको आसपासमा भूकम्प महसुस भएको हो ।

भूकम्पबारे विस्तृत विवरण आइसकेको छैन् । भुकम्पले सबैभन्दा बढी रुकुम पश्चिममा क्षति पुर्‍याएको छ । रुकुम पश्चिममा मात्र अहिलेसम्म ५२ जनाभन्दा बढीको मृत्यु भएको छ भने घाइतेको संख्या धेरै रहेको रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईको भनाइ छ । जाजरकोटमा पनि धेरैको हताहति भएको अनुमान छ ।शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

यसैबीच भुकम्पका कारण घर भत्किएपछि जाजरकोट जिल्लाको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाममा बसेको घर भत्किएपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । 

घाइतेहरूको उद्वार र उपचारमा स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल र स्थानीय युवाहरू खटिएका छन् ।  

घाइतेहरूको उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्दारका लागि कर्णाली प्रदेश  प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताए ।

रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा नै बढी क्षति पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै