नेभिगेशन
खेल

सुर्मादेवी मेला : पुरुष तर्फ भोली छबिस र थलारा, महिला तर्फ छबिस र बित्थड प्रथम स्थानका लागि भिड्ने

पुरुष तर्फ फाइनल खेल भोली हुने

बझाङ : सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला पुरुष भलिबल प्रतियोगितामा आज पनि क्वाटर फाइनल र सेमि फाइनल चरणका ७ खेल सम्पन्न भएका छन् । आज एक महिला र ६ ओटा पुरुष गरि ७ खेल भएका हुन् । पूरुष तर्फ आज भएको पहिलो खेलमा पहिलो जयपृथ्वी क्याम्पस र थलारा गाउँपालिकाबीच भिडन्त भएको थियो । 

जसमा थलाराले जित हात पारेको थियो भने जयपृथ्वी नगरपालिका र वित्थडचिर गाउँपालिकाबीच भएको खेलमा जयपृथ्वी नगरपालिकाले जीत हात पारेको थियो । त्यसपछि बिक्युब युथ ब्लब छबिस र थलारा गाउँपालिकाबीच भएको सेमी फाइनल खेलमा थलारा गाउँपालिकाले जीत हात पार्दै फाइनल प्रवेश गरेको छ । यस्तै छबिसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकाबीच भएको सेमी फाइनल खेलमा छबिसपाथिभेराले जीत हात पार्दै फाइनल प्रवेश गरेको छ । 

भोली पुरुष तर्फ बिक्युब युथ ब्लब छबिस र जयपृथ्वी नगरपालिका तेस्रो स्‍थानका लागि भिड्ने छन् भने छबिसपाथिभेरा गाउँपालिका र थलारा गाउँपालिका प्रथम स्थानका लागि भिड्नेछन् ।  यता महिला तर्फ आज एउटा मात्रै खेल भएको थियो । तेस्रो स्थानका लागि भएको आजको खेलमा जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाबीच भिडन्त भएको थियो ।

निकै रोचक भएको यस खेलमा पहिलो सेट मष्टाले हात पारेको थियो भने दोस्रो जयपृथ्वी हात पारेको थियो । फाइनल सेटको अन्तिममा निकै अग्रता बनाएको मष्टा गाउँपालिकालाई जिल्याउँदै जयपृथ्वी नगरपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ । भोली महिला तर्फ प्रथमा स्थानका लागि छबिसपाथिभेरा गाउँपालिका र बित्थडचिर गाउँपालिका भिड्ने भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै