नेभिगेशन
खेल

जब मष्टालाई जिल्याउँदै जयपृथ्वीको महिला टिमले तेस्रो स्थान सुरक्षित बनायो...

सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला/पुरुष भलिबल प्रतियोगितामा आज जयपृथ्वी नगरपालिकाले मष्टा गाउँपालिकालाई २/१ को सेटमा हराउँदै महिला तर्फ तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।

बित्थडचिर गाउँपालिकासँग कमजोर प्रदर्शन गरेर मष्टासँग ठोकिएको जयपृथ्वी नगरपालिकाको महिला टिममा थुप्रै चुनौती खडा भएका थिए । टिमका लक्ष्मी सिंह, सुजाता विष्ट, शृष्टि सिंह, अन्तिम खड्का लगायत घाइते अवस्थामा थिए भने इश्वरी धामी र भुवन्ती धामी खड्का खेल छोडेर धनगढी हिडेका थिए ।

यसै पनि खेलमा केही प्राविधिक कमजोरी नभए बित्थडचिरसँग जित्ने टिम हो जयपृथ्वी नगरपालिका । चारैतिरको दबाब र इगो हर्ट भएर खेलेका जयपृथ्वी नगरपालिकाका खेलाडीले आफूलाई सम्हाल्दै तेस्रो स्थानमा सुरक्षित गराए ।

पहिलो सेट मष्टाले हात पार्दा मष्टाले नै जित्छ भन्ने दर्शकहरु दोस्रो सेट जयपृथ्वी हात पार्दा पनि जयपृथ्वीप्रति ढुक्क थिएनन् ।

हुन पनि खेलको लय हेर्दा मष्टा नै बलियो देखिन्थ्यो सुरुवाती चरणदेखि नै जयपृथ्वीलाई दबाबमा राखेको मष्टाले आफूलाई अन्ति २४ मा पुर्‍याउँदा जयपृथ्वी २२ मा थियो तर त्यसपछिका खेलमा सम्हालिएका जयपृथ्वीका खेलाडीले आफूलाई अब्बल सावित गरे । जयपृथ्वीको अप्रत्यासित जितले मष्टाको टिम मात्रै होइन प्राय: दर्शक तथा खेलाडी आश्चार्य चकित बने । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप खेल
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
भर्खरै