नेभिगेशन
खेल

सुर्मादेवी मेला : भलिबल प्रतियोगीतामा आज ७ खेल सम्पन्न, बित्थडचिरकी गरिमाको उत्कृष्ट प्रदर्शन

सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला पुरुष भलिबल प्रतियोगितामा आज पनि क्वाटर फाइनल चरणका ७ खेल सम्पन्न भएका छन् । आज दुई वटा महिला र ५ ओटा पुरुष गरि ७ खेल भएका हुन् ।

 आज भएका खेलमा महिला तर्फ मष्टा गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिकाबीच भएको पहिलो खेलमा छबिसपाथिभेरा गाउँपालिका बिजयी भएको छ भने जयपृथ्वी नगरपालिका र बित्थडचिरबीचको दोस्रो खेलमा बित्थडचिर गाउँपालिका बिजयी भएको छ । यस खेलमा वित्थडचिर गाउँपालिकाका तर्फकी खेलाडी गरिमा बोहराले खराब टिमका बाबजुद उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उहाँका सर्ट र सर्विससामू विपक्ष टिम स्तब्ध बनेको थियो । यस्तै पुरुष तर्फ आज भएको पहिलो खेलमा बित्थडचिर गाउँपालिका र जयपृथ्वी नगरपालिका ३ बीच भिडन्त भएको थियो । यस  खेलमा बित्थडचिर गाउँपालिका जित हात पारेको छ ।

 थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिका ५ बीचको दोस्रो खेलमा थलारा गाउँपालिका बिजयी भएको छ । त्रिभुवन विश्वविद्यालय र छबिसपाथिभेरा गाउँपालिकाबीचको तेस्रो खेलमा छबिसपाथिभेरा बिजयी भएको छ । यस्तै बि क्युब युथ क्लब छबिसपाथिभेरा र तल्कोट गाउँपालिकाबीच भएको चौथो खेलमा बि क्युब युथ क्लब छबिसपाथिभेरा बिजयी भएको छ । 

पाँचौ खेलमा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिका भिडन्त हुँदा जयपृथ्वी नगरपालिकाले जित हात पार्‍यो । यस खेलमा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाले निकै प्रतिस्पर्धा गरेर दर्शकलाई रमाइलो गराएका थिए । भोली पहिलो खेल पूरुष तर्फ जयपृथ्वी बहुमुखी क्याम्पस र थलारा गाउँपालिका हुने आयोजक नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै