नेभिगेशन
खेल

सानदार ब्याटिङ प्रदर्शन गर्दै नेपाल सेमिफाइनल प्रवेश

 नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियाविरुद्ध सानदार ब्याटिङ प्रदर्शन गर्दै ६ विकेटले बिजयी भएको छ ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएसँगै बिजयी बनेको हो । यो सँगै नेपालको लगातार दुई खेलमा जीत भएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । समान चार अंक भए पनि नेपाल नेटरनरेटका कारण शीर्ष स्थानमा छ ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए ।


दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए ।

रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ र विवेक यादव २ रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन ।


तर मलेसियाको सुरुवात भने नेपालविरुद्ध ड्रिम थियो । ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए । जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए । त्यसपछि नेपाल खेलमा फर्किएको थियो ।

तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए । त्यो जीवनदान नेपाललाई त्यति धेरै भारी परेन ।

सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट गरेका थिए । कप्तान रोहित पौडेलले शार्विन मुनिआन्दीलाई १३ रनमा कट एण्ड बोल्ड आउट भए । मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरेका थिए ।


फिर्ती साम ६ र विजय उन्नीले १३ रन बनाए । नेपालको जितमा तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।
समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । विजेता टोलीले समूह बी को उपविजेता र उपविजेता टोलीले समूह बीको विजेतासँग खेल्नेछ ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । कुवेत दुबै खेलमा हारका अंक विहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै