नेभिगेशन
खेल

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोट : दोस्रो खेलमा नेपाल-मलेसियाबीच प्रतिस्पर्धा

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा खेल सवा १ बजे सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । मलेसिया प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

दीपेन्द्रसिंह ऐरीको चोट नेपालका लागि चिन्ताको विषय बनेको छ । हिजोको खेलअघि अभ्यास गर्ने क्रममा घाइते हुँदा बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । त्यसैकारण प्लेइङ-११ मा भए पनि उनी खेल्न नसक्ने भएपछि नेपालले विवेक यादवलाई उनको स्थानमा खेलाएको थियो

सानदार सुरुवात गरेको नेपालको बलियो आत्मविश्वास

आज पनि दीपेन्द्रको स्थानमा विवेकले नै अवसर पाउन सक्छन् । दीपेन्द्र हुँदा नेपालको मध्यक्रम र स्पिन आक्रमण केही कमजोर बन्न सक्छ । नेपालले मलेसियाविरुद्ध अन्तिम ४ खेलमा हार बेहोरेको छैन । मलेसियालाई लगातार पाँचौं खेलमा पराजित गर्दै नेपाल सेमिफाइनलनजिक पुग्न चाहन्छ ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । ९ बजे नै मूलपानी मैदानमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै कुवेत र यूएई पनि आजै प्रतिस्पर्धा गर्दै छन् । मूलपानी मैदानमा खेलिने यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै