नेभिगेशन
सुदूरपश्चिम

शिलदेवी मेला: महिला पुरुष गरि ७ वटा खेल सम्पन्न, यी हुन् बिजयी टिम

शिलदेवी मेला अन्तर्गत आज पहिलो चरणका ७ वटा खेल भएका छन् । आज पहिले दुइ खेल महिलाका खेलाइएका थिए भने त्यसपछि पाँचवटा पुरुषका खेलाइएका छन् । आज भएको पहिलो खेलमा महिला तर्फ छबिसपाथिभेरा गाउँपालिकाले जयपृथ्वी नगरपालिका बी टिमलाई सेमिफाइनल प्रवेश गरेको छ । यस्तै महिला तर्फ भएको दोस्रो खेलमा जयपृथ्वी नगरपालिक ए ले जयपृथ्वी बहुमुखी क्याम्पसलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । यस्तै पुरुष तर्फ तल्कोट गाउँपालिका र दुर्गाथली गाउँपालिकाबीच भएको तेस्रो खेलमा तल्कोट गाउँपालिकाले जीत हात पारेको छ । छविसपाथिभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिका-११ बीच भएको चौथो खेलमा छबिसपाथिभेरा बिजयी भएको छ । थलारा गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाबीच भएको पाँचौ खेलमा थलारा गाउँपालिकाले जीत हात पारेको छ । जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाबीच भएको छैंटौ खेलमा जयपृथ्वी नगरपालिकाले जीत हात पारेको छ । भने जयपृथ्वी नगरपालिका ५ र कर्मचारी मिलन केन्द्रबीच भएको अन्तिम अर्थात् सातौं खेलमा जयपृथ्वी नगरपालिका ५ ले जीत हात पारेको छ । भोली बिहान पहिलो खेल पूरुष तर्फ मष्टा गाउँपालिका र केदारस्युँ गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै