नेभिगेशन
सुदूरपश्चिम

बझाङमा लागुऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकको डरलाग्दो जालो सक्रिय, एक मेडिकल सञ्चालक पक्राउ

बझाङ सदरमुकाम चैनपुरमा लामो समयदेखि चलिरहेको न्यु चैन मेडिकलबाट सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमति विना बिक्री वितरण गर्न नमिल्ने लागुऔषध बितरण भइरहेको पाइएको छ । आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै यस्तो रहस्य खुल्न आएको हो ।

सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको हो । प्रहरीले यो बयानका आधारमा न्यु चैन मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानको लागि हिरासतमा राखेको जनाएको छ । 

यस्ता औषधी गम्भीर विरामी तथा घाइतेलाई प्रयोग गरिने भए पनि बझाङ लगायत सुदूरपश्चिमका युवाहरुले नशाको माध्यमबाट लागुऔषधका रुपमा प्रयोग गर्दै आएका छन् । बझाङमा पनि पछिल्लो समय यस्ता लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् ।

घरका अभिभावक र प्रहरीलाई छलेर बझाङका विभिन्न फार्मेसीबाट कारोबार गरेर कुलतमा फसेका युवाहरुले लागुऔषध प्रयोग गरिरहेको प्रहरीले जनाएको छ । यस्ता कुलतमा फसेका धेरै युवाहरुले अहिले मेडिकलवालाले नदिए आक्रमणमा समेत उत्रिने गरेका छन् । केही समय अघि मात्रै जयपृथ्वी अस्पतालमा यसै विषयमा चिकित्सक माथि कुटपिट भएको थियो । लागुऔषध प्रयोगकर्ता १५ वर्षदेखि ३५ वर्षसम्मका बेरोजगार युवाहरु रहेको प्रहरीले बताएको छ ।

 अहिले यस्ता प्रयोगकर्ताहरु विशेष गरि पानकोट पुल पारी एक्लै बसेर नशा लिइरहेको अवस्थामा भेटिने गरेको गोलाई र पडेशका स्थानीयहरु बताउँछन् । बझाङमा अनुगमन नहुने हुँदा लागुऔषधको खुलेयाम बिक्री वितरण भइरहेको छ । घरमा पनि अभिभावकहरु व्यस्त हुने भएकाले आफ्ना छोराछोरीहरुको खासै वास्ता नगर्ने गरेका कारण युवाहरु लागुऔषधको लतमा फसिरहेका छन् । यस्ता लागुऔषध प्रयोगकर्ताबाट विभिन्न अनैतिक कार्य र हिंसात्मक गतिविधि पनि बढ्दै गइरहेका विभिन्न अध्ययनले देखाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै