नेभिगेशन
खेल

तल्कोट दशैं मेला : भलिबलमा पुरुष तर्फ एफआरडी क्लब र महिला तर्फ एनके रेष्टुरेष्ट प्रथम

तल्कोट गाउँपालिकामा सञ्चालन भएको दशैं मेला आज सम्पन्न भएको छ । तल्कोट गाउँपालिका -५ खौलास्थित दुर्गाभवानी खेल मैदानमा चार दिनसम्म सञ्चालन भएको दशैं आज सम्पन्न भएको हो । दशैं तथा दिपावलीको अवषर पारि हरेक वर्ष सञ्चालन हुँदै आएको दशैं मेलामा यसपटक महिला पुरुष भलिबल, देउडा प्रतियोगीता र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । 

आज महिला पुरुष भलिबलका फाइनल चरणका खेल सकिएसँगै दशैं मेला समापन गरिएको हो । मेलामा पुरुष तर्फ आज भएको फाइनल खेलमा एफआरडी क्लबले र आयोजकलाई हराएर प्रथम स्थान प्राप्त गरेको छ भने आयोजकले दोस्रो स्थानमा चित्त बुझाएको छ । यस्तै तल्कोट ३ को जयनानन वष्टी र तल्कोट १ को सुनिकोटबीच तेस्रो स्थानका लागि भएको खेलमा तल्कोट १ सुनिकोट तृतिय स्थान हात पार्न सफल भएको छ । 

महिला तर्फ एनके रेष्टुरेष्ट ढडार मष्टा ३ र मष्टा ५ बीच भएको फाइनल खेलमा मष्टा ५ लाई हराउँदै एनके रेष्टुरेष्ट ढडार मष्टा ३ प्रथम भएको छ । यस्तै तल्कोट १ सुनिकोट र वडा नम्बर ३ बीच तेस्रो स्थानका लागि भएको खेलमा तल्कोट १ तृतिय भएको छ । यस्तै मेलामा सहभागी देउडा र साँस्कृतिक कार्यक्रम खादा ओडाएर पुरस्कारसहित सम्मान गरिएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै