नेभिगेशन
सुदूरपश्चिम

राष्ट्र बैंकका प्रधान सहायक धामीद्वारा स्टेसनरी सामग्री सहयोग 

नेपाल राष्ट्र बैंकमा कार्यरत प्रधान सहायक अर्जुनबहादुर धामीले विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरेका छन् । उनले बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ स्थित श्री सुर्मा आधारभूत विद्यालयमा अध्ययनरत अनाथ तथा टुहुरा, एकल बालबच्चाहरूलाई करिब १० हजार रुपैयाँ बराबरको कापी, कलम, पेन्सिल, औजार बक्सलगायत स्टेसनरी सामग्री सहयोग गरेका हुन् ।

प्रधान सहायक धामीले सो स्टेसनरी सामग्री जलजला सेरिनिसान बासुधारा सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष अमर धामीलाई हस्तान्तरण गरे।उनले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा गौरान्वित महसुस गरेको बताए। 

‘मैले यही विद्यालयमा आधारभूत शिक्षा हासिल गरेको थिए । त्यतिबेला पनि धेरै समस्या थिए । आफूले भोगेका समस्या स्मरण गर्दै थोरै भए पनि सहयोग होस् भनेर अनाथ तथा टुहुरा, एकल बालबच्चाहरूलाई स्टेसनरी सामग्री प्रदान गरिएको हो । उनीहरूलाई सहयोग गर्न पाएकोमा खुसी लागेको छ,’ राष्ट्र बैंक  धनगढी कार्यालयमा कार्यरत धामीले भने । 

विव्यस अध्यक्ष अमर धामीले प्रधान सहायक धामीले प्रदान गरेको स्टेसनरी सामग्री विद्यालय खुलेलगत्तै सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गरिने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै