नेभिगेशन
समाज

मनाङ हेलिकोप्टर दुर्घटनामा घाइते क्याप्टेन सेढाईंको उपचारका क्रममा मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारका क्रममा मृत्यु मृत्यु भएको छ ।

असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मनाङ एयरको रोटर नाइन एन एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको थियो । सेढाईंको उपचारका क्रममा भारतको नेसनल बर्न्स सेन्टर मुम्बईमा हिजो (मंगलबार) मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । ‘भारतको नेसनल बर्न्स सेन्टर, मुम्बईमा उपचार गराइरहेका क्याप्टेन प्रकाशकुमार सेढाईको अप्रत्याशित क्षतिबाट हामी स्तब्ध भएका छौं,’ उनले भने ।

उनले घटनाको आन्तरिक छानबिन भइरहेको पनि जानकारी दिए । ‘प्राधिकरणले गठन गरेको तीन सदस्यीय कमिटीले दुर्घटनाबारे छानबिन गरिरहेको छ,’ उनले भने ।

मनाङ एयर प्रालिले पनि आफ्ना क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रालिले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं । उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।’ विपत्तिको यस दुखद घटनाबाट मनाङ एयर प्रालिले एक कुशल पाइलट तथा सक्षम व्यवस्थापक गुमाएर अपूरणीय क्षति बेहोर्नुपरेको पनि उल्लेख गरेको छ ।

लुक्ला विमानस्थलबाट खाद्यान्नको कार्गो बोकेर माथिल्लो क्षेत्र गएको हेलिकोप्टर खुम्बु पासाङल्हामु गाउँपालिका ४, लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । हेलिकोप्टरमा पाइलट मात्र थिए ।

दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा जले पनि पाइलट सेढाईं घाइते भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै