नेभिगेशन
खेल

बैतडीको सिगास - ९ मा दशैँ तिहारको अवसरमा भलिबल प्रतियोगिता आयोजना हुने 

  • राजेन्द्र सिंह साउँद 

बैतडीको सिगास गाउँपालिका - ९ मा विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दै गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । 

वडा नम्बर ९ गन्सुर स्थित युवा व्यक्तित्वहरुको आर्थिक सहयोग तथा उदयदेव युवा क्लबको आयोजनामा "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ कात्तिक ९ र १० गते उदय माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुने उदयदेव युबा क्लबले जनाएको छ । 

२ दिन सम्म सञ्चालन गरिने भलिबल प्रतियोगितामा सिगास गाउँपालिकाका ९ वटै वडा बाट टिम दर्ता गर्न सकिने जनाइएको छ । टिम दर्ताका लागि ३ हजार शुल्क तोकिएको छ ‌ । ९ गते बिहान सम्म टिम दर्ता गर्न सकिने छ । 

विजयादशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित भलिबल प्रतियोगिताको प्रथम हुने टिमलाइ २५ हजार ५ सय २५, द्वितिय टिमलाइ १५ हजार ५ सय १५, तृतीय हुने टिमलाई ५ हजार ५ सय ५ र उत्कृष्ट खेलाडीलाइ प्रत्येक विधामा एक खेलाडी लाइ उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ‌। 

साथै उक्त भलिबल प्रतियोगिता सफल पार्न खेलप्रेमी, समाजसेवी , बुद्धिजीवी, राजनितिक दल, जनप्रतिनिधि अभिभावक सबैमा सक्दो सहयोग गर्न उदयदेव युबा क्लबले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै