नेभिगेशन
खेल

त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा

नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी सिरिजमा अपराजित रोहित पौडेल नेतृत्वको नेपाल एक खल अगावै फाइनल पुगिसकेको छ । पछिल्लो समय उच्च कोटीको प्रदर्शन गरिरको घरेलु टोली यस खेलमा पनि आक्रमक क्रिकेट खेल्दै जित निकाल्ने योजनामा हुने छ । नेपालले आफ्नो पहिलो खेलमा युएईलाईनै ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमश: ६ विकेट र ७९ रनले पराजित गरेको थियो ।

मोहम्मद वासिमको कप्तानीमा रहेको युएई पनि जितसहित एक खेल अगावै फाइनलको यात्रा तय गर्न चहान्छ । यदि नेपालले युएईलाई पराजित गरे हङकङ र युएई बीचको अन्तिम खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङगो लाग्ने छ ।

नेपालका ओपनर कुशल भुर्तेलले यस सिरिजमा क्षमता अनुसार प्रदर्शन गर्न सकेका छैनन् । टी-ट्वान्टी आई विश्वकप एसिया क्षेत्र छनोटअघि उनी लयमा फकर्नु नेपालका लागी आवश्यक छ । नेपालका अन्य खेलाडीहरुले भने राम्रो प्रदर्शन गरेका छन् ।

आक्रमक ब्याटर कुशल मल्लले सर्वाधिक रन बनाएका छन् । उनले ३ खेलका १ सय ४ रन बनाएका छन् । ९१ रन बनाएका दिपेन्द्र सींह ऐरी तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा रहेका हंङकङका बाबर हायातले पनि ९१ रन बनाएका छन् । करण केशीले ९ र सोमपाल कामीले ५ विकेट लिएका छन् । नेपाली मध्यम तिव्र गतिको यो जोडी सिरिजमा सर्वाधिक विकेट लिने बलरको शीर्ष र दोस्रो स्थानमा छन् ।

कप्तान मोहम्मद वासिम, भृत्य अरविन्द र आसिफ खान युएईका प्रमुख ब्याटर हुन् । जहुर खान, मोहम्मद जवादुल्लाह र जुनैद सिद्दिकले युएईको बलिङ आक्रमणमा मजबुधी थप्दै आएका छन् । टी-ट्वान्टी विश्वकप २०२४ का प्रवल दावेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रुपमा लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै