नेभिगेशन
खेल

कुशल र दीपेन्द्रको विश्व कीर्तिमानी साझेदारी

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् ।  त्रिकोणात्मक टी-२० शृंखलाअन्तर्गत शनिबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा यी दुई नेपाली ब्याट्सम्यानले विश्व कीर्तिमान बनाएका हुन् ।

शनिबार खेलिएको हङकङविरुद्धको खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ विकेटका लागि न्युजिल्यान्डमा मार्क च्याम्पम्यान र जेम्स निसामले एक सय २१ रनको साझेदारी गरेका थिए ।

सन् २०२३ को अप्रिल २४ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलमा मार्क र जेम्सले पाँचौँ विकेटका लागि अविजित एक सय २१ रनको साझेदारी गरेका थिए । त्यो खेलमा र्माकले अविजित एक सय चार र जेम्सले अविजित ४५ रन बनाएका थिए । 

हङकङविरुद्धको खेलमा भने कुशल र दीपेन्द्रले पाँचौँ विकेटका लागि एक सय एक सय ४५ रनको साझेदारी गरे । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ४१ बलको सामना गरी नौ छक्का र तीन चौका हिर्काए । 

कुशलले अर्धसतक बनाएलगत्तै नेपालका अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धसतक पुरा गरेका थिए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले पेभेलियन फर्किनुअघि टोलीका लागि ५७ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए । 

नेपालले केवल ५५ रनको कुल स्कोरमा नेपालले चौथो विकेट गुमाएको थियो । त्यसपछि कुशल र दीपेन्द्रले नै नेपालको पाली समालेका थिए । उनीहरुले एक सय ४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै