नेभिगेशन
सुदूरपश्चिम

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर बस निकाल्न सकिएन

धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको बस सडक डिलमा अड्किएर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सडक भित्तातिर खनेर सुचारु गरिएको हो ।  आज बिहान भएको दुर्घटनामा सडकबाट चिप्लिएर ना ४ ख १९८३ नम्बरको बस भीरमा अड्केको छ । 'बस तेस्रो भएर अड्किएका कारण बिहान केहीबेर राजमार्ऊ अवरुद्ध भएको थियो । अहिले जेसिबी प्रयोग गरेर खुलाएका छौ । बस बोडाका कारण अड्किएकाले तत्काल निकाल्न सकेका छैन । विभिन्न साधन स्रोत लगाएर निकाल्ने प्रयास भइरहेको छ ।,'प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भने ।

उहाँका अनुसार इन्जिनका केही पार्टस र बोडीका कारण मात्रै बस अड्किएको र तल भीर भएकाले निकाल्न असहज भइरहेको छ ।

बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडाको चौठ्या खोलामा उक्त दुर्घटना भएको हो । बसमा २२ जना यात्रु सवार थिए । बीच सडकमा तेर्सो परेर बस अड्किएका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । बसको पट्टा भाँच्चिएर अनियन्त्रित हुन पुगेको तर मानवीय क्षति भने नभएको सुदूरपश्चिम यातायातका काउन्टर इन्चार्ज जीवन खड्काले बताए ।

अहिले बस निकाल्ने प्रयास भइरहेको छ । चौठ्या खोलामा आउने बाढीले बगाएर ल्याएको ढुङ्गामाटो व्यवस्थित नगर्दा सो दुर्घटना भएको स्थानीयकाे अनुमान छ । खोलामा आएको बाढी सडकमा जाने गरेको र ढुङ्गामाटो थुप्रिँदा सडक बिग्रेको स्थानीय दिपकराज जोशीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै