नेभिगेशन
सुदूरपश्चिम

भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको जीप ब्रेक फेल भएर पल्टियो, ६ जना घाइते

बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

डीमा चालक विनोद धामी सहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरीका इनार महत , रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन् ।

२५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै वर्ष २२ का प्रकाशको हात कम्मरमा चोट लागेको छ भने अवस्था चिन्ताजनक रहेको छ । ३१ वर्षीय रामबहादुर धामीको खुट्टामा चोट लागेको छ । १४ वर्षीय अशोक धामी मुख र कम्मरमा चोट लागेको छ । १६ वर्षीय सन्तोष धामीको खुट्टामा चोट लागेको छ भने १६ वर्षीय निरन धामीको खुट्टामा चोट लागेको घटना स्थलबाट पत्रकार सुनिल मण्डेलले जानकारी दिनुभएको छ ।

घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ । गाडी चालक र अन्य दुई जना भने सकुशल छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै