नेभिगेशन
खेल

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपालले यूएईसँग खेल्दै, हिमालय टेलिभिजनले लाइभ गर्ने

नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी-२० सिरिजमा नेपाल र यूएईसहित हङकङ पनि सहभागी छ ।

नेपाल र यूएई २० महिनापछि टी-२० आईमा भिड्न लागेका हुन् । यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी-२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।

यूएईले भने टी-२० विश्वकपमा स्थान बनाउँदै अष्ट्रेलिया टी-२० विश्वकप खेलेको थियो ।

त्यही टी-२० विश्वकप छनोटको तयारी स्वरुप भएको चारदेशीय टी-२० सिरिजमा पनि नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

पछिल्लो समय लगातार वानडे क्रिकेट खेलिरहेको नेपाली टोली अब टी-२० फर्म्याटमा अभ्यस्त हुने प्रयासमा छ । नेपाल केही समयअघि चीनको हान्झाउमा भएको १९औं एसियाडमा टी-२० फर्म्याटमै खेलेको थियो । जहाँ मंगोलियाविरुद्ध कीर्तिमानको वर्षा गरेको नेपाल क्वाटरफाइनलमा भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै बाहिरिएको थियो ।

टी-२० आईमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।

नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी-२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २-१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यसै सिरिजमार्फत टी-२०आईमा डेब्यु गरेका अभिनाश बोहरा प्लेअर अफ दि सिरिज बनेका थिए ।

एसियाडबाट नेपाली टिममा फर्केका अभिनाशले पुरानो लय भेट्टाएको बताएका छन् र यस पटक पनि नेपाली टिममा छन् ।

नेपालले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली टी-२० सिरिजका लागि घोषणा गरिसकेको छ । एसियाडको टिममा रहेका स्पीनर सन्दीप लामिछाने व्यक्तिगत कारणले देखाउँदै यस पटक टिममा छैनन् भने लोकश बम, ललित राजवंशी र सूर्य तामाङले टिममा पुनरागमन गरेका छन् ।

विश्वकप छनोटलाई ध्यानमा राख्दै नेपालले यस पटक टोलीमा १८ खेलाडी राखेको हो । विश्वकप छनोटका लागि अभ्यास सिरिज जस्तो रहेकोले प्रशिक्षक मोन्टी देसाइले खेलाडीहरुलाई अवसर दिने सम्भावना छ ।

यूएईले मोहम्मद वासिमको कप्तानीमा खेल्नेछ । नेपालका कप्तान रोहित र यूएईका कप्तान वासिमले विश्वकप छनोटअघि हुन लागेको यस सिरिजले धेरै सहयोग पुग्ने बताएका छन् ।

सिरिज डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । यसै खेलबाट मुलपानी क्रिकेट मैदानले टी-२० आई मा डेब्यु गर्नेछ । यसअघि ओडीआई खेल भइसकेको मुपानीमा पहिलो पटक टी-२० आई खेल हुन लागेको हो । यस्तै यो खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै