नेभिगेशन
जयपृथ्वी विशेष

विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

‘दाइ म यहाँ ठीक छु। काम भइरहेको छ। त्यहाँ भूकम्पको त्रास कस्तो छ ? हाम्रो घरमा कति क्षति भयो ? आमाबुबा भाइको विचार गर्नुहोला।’

इजरायलमा ज्यान गुमाएका गणेश नेपालीले शुक्रबार राति दाइ विकास नेपालीसँग गरेको अन्तिम कुराकानी यही हो। भूकम्पले घर भत्काएपछि घरपरिवारसँग फोन संवाद गरेका विकास र गणेशले सायद यो विपत्ति पनि थपिएला भनेर सोचेका थिएनन्। 

जिल्ला हुलाक कार्यालय बझाङका खरिदार विकास नेपालीले अब भाइको प्रगति होला र आफूलाई जिम्मेवारीको भारी कम हुँदै जाला भन्ने सपना बुन्दै थिए। तर, भाइ विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर भयो। गत भदौ २५ गते टीकापुर बहुमुखी क्याम्पसमा बिएस्सी एजी पढ्दै गरेका उनी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल उडेका थिए।

‘क्याम्पसबाटै पढ्दै कमाउँदै गर्न पाइन्छ बा, हाम्रो भविष्य बन्छ’ त्रिभुवन विमानस्थलबाट उड्दै गर्दा उनले आफ्ना बुबा धनलाल आउजीलाई फोन गर्दै भनेका थिए। दुई वर्ष चितवनस्थित प्रेरणा कलेजबाट आइएस्सी गरेका गणेशले टीकापुर बहुमुखी क्याम्पसमा बीएस्सी एजी आठौं सेमेस्टारअन्तर्गत अलैंची खेती टिस्यु कल्चरसम्बन्धी प्रयोगात्मक अध्ययन गर्दै गर्दा उनलाई इजरायल जाने अवसर जुरेको थियो। छोरा इजरायल गएपछि पढाइ र घरको भविष्य बन्ने भन्दै बुबा धनलाल आउजी, आमा लक्ष्मीदेवी आउजी र दाइ विकास नेपालीमा खुसी छाएको थियो। 

गणेशका घरमा आमाबुबा, दाइ विकासका ५ जना परिवार र दुई भाइसहित ९ जना छन्। जयपृथ्वी नगरपालिका–११ भोपुरस्थित सत्यवादी माध्यमिक विद्यालयमुनि र जयपृथ्वी बहुमुखी क्याम्पसको गेट छेउमा गणेशको घर छ। गणेशलाई उनका दाइ विकासले पढाउँदै आएका थिए। गणेशको मृत्युको खबरले अहिले घरमा सन्नाटा छाएको छ। उनका आमाबुबाले मलजल गरी हुर्काएको फूल कोपीलामै चुडिएको छ।

धनलाल अझै पनि छोरो ज्युँदो छैन भन्ने समाचारको विश्वास गर्न सकिरहेका छैनन्। इजरायलमा छोरोको मृत्यु भएको खबर पाएका धनलालले आफ्नो मुटुको टुक्रा खसेको बताउँछन्। ‘बच्चालाई यहाँ पाउन सकुँला नसकुँला, उसको शरीरको एउटा टुक्रा भए पनि आफ्नो कलेजीको टुक्रा हो, देख्न पाए हुन्थ्यो’, गला अवरुद्ध पार्दै धनलालले भने। 

त्यस्तै गणेशले शुक्रबार साँझ, बुबाआमा र दाइ विकासलाई पनि फोन गरेका थिए। ‘काम सिस्टममा हुने रहेछ, राम्रो छभन्दा गणेशको अनुहारमा खुसी झल्किएको थियो’, विकास सम्झिन्छन्। कृषि संकायको आठौं सेमेस्टर पढ्दै गरेका गणेश भदौ २५ गते मात्रै इजरायलको ‘लर्न एन्ड अर्न’ अर्थात् काम गर्दै सिक्दै भन्ने कार्यक्रमका लागि ३ लाख ऋण गरेर इजरायल पुगेका थिए। 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका ४९ जना विद्यार्थी एक महिनाअघि मात्रै प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘लर्न एन्ड अर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै