नेभिगेशन
समाज

भारतसँगका २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने सीसीएमसीकाे निर्णय

काठमाण्डाैँ : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । सरकारले क्वरेण्टीनसहित खुला राखेका नाकाहरू काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यस्तै बैठकले सङ्घीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषदमा सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुरु गर्ने भए कामदार, कर्मचारीलाई निमार्णस्थलमा नै राख्नुपर्ने छ । उद्योगहरू सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।

बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट नेपाल आएका विदेशीले क्वरेण्टीन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ ।

क्वरेण्टीनका रूपमा रहेका होटललाई थप व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै