नेभिगेशन
जयपृथ्वी विशेष

'जन आएइ काल यति रुप्स्या हौसियाखी'

‘जन आएइ काल यति रुप्स्या हौसियाखी जन आएइ काल’

अर्थात् यति राम्री रुपकी सुन्दरी खुब रहर बोकेकी मान्छे लिन काल नआउनु

यो गीत बझाङमा असोज १६ गते दिउँसो आएको भूकम्पबाट उत्पन्न पहिरोमा परि ज्यान गुमाएकी गुनमति धामीले आफ्नी नन्द भाउजुसँग सामूहिक रुपमा गाएको गीत हो । 

एउटा भाइरल भिडियो क्लिपमा गुनमतिसहित सिन्कीदेवी बोहरा (नन्द) र रतनादेवी बोहरा (भाउजु) ले एक खेतको कान्लामा भटमास केलाउँदै बसेर ठाडी भाका लयमा यो गीत गाएको देख्दा प्रायः सबै झसंग हुन्छन् । लाउँखाउँ भन्ने उमेरमा कस्लाई मर्न मन हुन्छ र ? तर गुनमतिले काललाई नआउनु भन्दैमा काल के रोकिन्थ्यो र ? नसोचेकै भयो जयपृथ्वी नगरपालिका -११ मयाना (ओखल) टोलकी ५१ वर्षीया गुनिदेवी धामी(गुनमती) लाई । असोज १६ गते दिउँसो १ बजे घरबाट टिमुर टिप्छु भनि हिडेकी गुनमति सदाका लागि अस्ताइन् ।

 घरबाट ५ मिनेट पर रहेको टिमुरको बोटबाट टिमुर टिपेर ल्याउन गएकी उनी टिमुर टिप्दाटिप्दै भूकम्प आउँदा माथिबाट खसेको चट्टानसँगै टुक्राटुक्रा भएर २०० मिटर तल पुगिन् ।

टिमुर टिप्दै गर्दा गुनमतिको फोन आफ्नो सामुन्ने पारि रहेकी छोरीसँग भइरहेको थियो । भुकम्प आएर पहिरो फुटेको दृश्य गुनमतिकी माहीली छोरी पात्याले प्रत्यक्ष नियाली रहेकी थिइन् । पहिरो आउनासाथ आमा छोरीको फोन सम्पर्क टुट्यो । पात्याले पुनः फोन लगाउने प्रयास गरिन् तर फोन लागेन । फोन नलाग्दा पात्याको मन चिसो पस्यो । उनले आत्तिदै अन्य माइतीलाई फोन गरिन् । त्यसपछि मात्रै गुनमतिको खोजी सुरु भयो । एकातिर लगातार भूकम्प आइरहनु र अर्कोतिर आफन्त हराउनुले मयानाबासीलाई निकै अत्याएको थियो ।

भुकम्प आउने क्रम नरोकिएकाले गुनमति पहिरोमा पुरिइन वा सुरक्षित छन् भन्ने भेउ पाउन निकै कठिन भयो । त्यसदिन जसोतसो रात कटाएका मयानाबासीले असोज १७ गते अर्थात् भूकम्प गएको पछिल्लो दिन बिहानैबाट प्रहरीसँग मिलेर गुनमतिको खोजी सुरु गरे । उनको शव घटनाको दोस्रो दिन टिमुर टिपिरहेको स्थानबाट २०० मिटर तल यस्तो अवस्थामा भेटियो कि खुट्टा एकातिर, शरिर एकातिर र टाउको अर्कोतिर भेटियो । 

स्वर्गीय गुनमती धामी विगत २९ वर्षदेखि स्वास्थ्य स्वयंसेविका हुन् भने उनी डेउडा गाउन र खेल्नमा उत्तिकै पोख्त महिला हुन् । साथै उनी मयानाकी महिला नेतृ, निलकट्टी माद्यामिक विद्यालय पूर्व वि.व्य.स  महिला सदस्य, लटिनाथ आविकी दुइचोटीको वि.व्य.स महिला सदस्य हुन् । उनका दुई छोरी र एक छोरा छन् । छोरा श्रीमतिसँगै रोजगारीका लागि भारतमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै