नेभिगेशन
समाज

हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो

काठमाण्डाै : हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियान २०२१ चलिरहेको छ । सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पनि सेनाले जनाएको छ ।

यस्तै धौलागिरि आधार शिविर नजिकै हिमालमा प्रयोग हुने सामग्रीसहित दुई वटा मानव शवको अवशेष पनि भेटिएको र शव पहिचानको काम भइरहेको सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमाल सरसफाइका लागि सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म कुहिने र नकुहिने गरी पाँच हजार एक सय ५४ किलो फोहर सङ्कलन गरिसकेको सेनाले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै