नेभिगेशन
समाज

केदार स्यु गाउँपालिकाले एम्बुलेन्स खरिद गर्याे

बझाङको केदार स्यु गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । लामो समयदेखि एम्बुलेन्स नहुँदा बिरामीले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै पालिकाले एम्बुलेन्स खरिद गरेको हो

पालिकाले पोषण तथा बहुउद्देश्यीय कार्यक्रम अन्तर्गत नेपाल सरकारको राजस्व छुट बाहेकको २० लाख १० हजार ५० रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको सूचना अधिकारी लेखराज रावलले जानकारी दिनुभएको छ ।

पालिकामा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्याेउन निकै समस्या हुने गरेको थियो । अब पालिकाले नै एम्बुलेन्स सञ्चालनमा ल्याएपछि उक्त समस्या समाधान हुने स्थानीयको अपेक्षा छ । एम्बुलेन्स नहुँदा बिरामीलाई पिठ्युँ तथा स्टेचरमा बोकेर अस्पताल पुर्याकउनुपर्ने बाध्यता थियो

त्यस्तै आवश्यक समयमा गाडी नपाइने र पाएपनि महँगो भाडा तिर्नु पर्ने बाध्यता थियो । समयमै अस्पताल पुर्यााउन नसक्दा बिरामीको स्वास्थ्यमा थप जटिलता उत्पन्न हुने गरेको थियो । अब भने बिरामी हुँदा यहाँका नागरिकले भोग्नु परेका समस्याको समाधान हुने र पालिकावासीलाई उक्त एम्बुलेन्सबाट ठूलो राहत हुने गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै