नेभिगेशन
सुदूरपश्चिम

बझाङमा दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा चुनौती, गाउँ गाउँमा प्रहरी चौकीको माग

बझाङमा दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा चुनौती थपिदै गएको छ । बझाङमा हाल कार्यालय सहयोगी र जनपथ प्रहरी र १० जना ट्राफिक प्रहरी गरि जम्मा ३ सय ८३ जनाको दबरन्दी भए पनि ७६ जना जनपथ र एक जना ट्राफिक प्रहरी लामो समयदेखि अनुपस्थित रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङ अन्तर्गत ३० वटा युनिट रहेको बझाङमा हाल ३ सय १२ जना प्रहरी सुरक्षार्थ खटिनुपर्नेमा ७६ जना दुर्गम जिल्ला भएकै कारण काज मिलाएर बझाङ बाहिर बस्ने गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ७६ जना मात्रै अनुपस्थित हुँदा सुरक्षा चुनौती बढेको डिएसपी भरतबहादुर शाहले बताउनुभयो ।

उहाँका अनुसार ७६ जना उपस्थित भएको भए अहिले असुरक्षित भएका ठाउँमा खटाउन सकिने र सुरक्षा अवस्था राम्रो हुने थियो । डिएसपी शाहले ७६ जना अनुपस्थितमध्ये अब जिल्लामा दुई तीन जनाभन्दा बढी हाजिर नहुने सम्भावना नरहेको समेत बताउनुभयो । जिल्लाभर हिंसात्मक घटना बृद्धि भइरहेका बेला आम जनता र स्थानीय तहले गाउँ गाउँमा प्रहरीको माग गरिरहेको तर जिल्लामा आवश्यक सुरक्षाकर्मी नहुँदा समस्या भएको डिएसपी शाहको भनाई छ ।

अहिले ठानाकोटमा ९९ जना प्रहरी छन् भने बाँकी जिल्ला ३० वटा प्रहरी युनिटमा खटिएका छन् । ट्राफिक प्रहरी पनि १० जनाको दरबन्दी भए पनि ९ जना मात्रै रहेको र ४ जना सिमखेत २ जना झोता, ३ जना बाग्थला अस्थाई प्रहरी पोष्टमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले बताउनुभयो ।

अहिले छबिसपाथिभेरा ७, बुंगलका केही वडा, केदारस्युँको भामचौर, काँडाचौर लगायतका ठाउँमा प्रहरी युनिट स्थापना गरिदिन माग भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै