नेभिगेशन
सुदूरपश्चिम

बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते 

बझाङ : बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकि छिन् । जयपृथ्वी राजमार्ग अन्र्तगत जिल्लाको केदारस्यु गाउँपालिका १ चौडाममा मोटरसाइकलको ठक्करबाट स्थानिय उमेश भण्डारीकी २९ वर्षिया श्रिमती खिमेश्वरी भण्डारी घाइते भएकि हुन् ।

आज विहिबार बिहान ९ बजे बित्थडचिर गाउँपालिकाबाट छविसपाथिभेरा गाउँपालिका तर्फ गइरहेको से।१ ब। ६०० नम्बरको छविसपाथिभेरा गाउँपालिकाको सरकारीे मोटरसाइकलले भण्डारीलाई सडक क्रस गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक एवं सुचना अधिकारी दिपेश चौधरीले बताए ।

मोटरसाइकलको ठक्करबाट उनको कम्मर, पेट र हातमा चोट लागेको छ । अवस्था सामान्य रहेकाले प्राथामिक स्वास्थ्य केन्द्र देउरामा उपचार भई रहेको प्रहरीले जनाएको छ । यसैबिच मोटर साइकल चालक खप्तडछान्ना गाउँपालिका ५ का ३८ वर्षिय भेषराज उपाध्यायलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै