नेभिगेशन
सुदूरपश्चिम

बझाङमा रैथानेबाली मार्सेमा कागे किराको प्रकोप

बझाङको विभिन्न ठाउँमा लगाइने मार्से बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । पाक्नै लागेको मार्सेबालीमा कागे नामक किराको प्रकोपले सखाप पारेको किसानहरुले गुनासो गरेका छन् ।

मार्सेबालीमा यो किराले आक्रमण गरेको एक दुई दिनमै पुरै बारी खाएर नष्ट गर्ने गरेको जयपृथ्वी नगरपालिका १ कैलासका स्थानिय राजबहादुर सिंहले बताउनुभयो ।

कैलास र खप्तडछान्नाको गोरखाली गाउँका स्थानियको मुख्य बालीका रुपमा रहेको मार्से किराले सखाप पारेपछि भोकमरी लाग्ने चिन्ता किसानमा थपिएको छ । कृषि ज्ञानकेन्द्र बझाङले मार्से बालीलाई रैथाने बालीको सूचिमा राखेको छ । 

मार्सेबाली कम मिहिनेत गरेर सुख्खा ठाउँमा पनि सहजै उत्पादन गरेर सजिलै भित्र्याउन सकिने भएकाले कृषकहरूको यो बाली लगाउने तर्फ आकर्षण बढेको थियो । बझाङका अधिकांश भेगमा लगाइने मार्सेबालीलाई अति वा अनावृष्टि भई खाद्यान्न उत्पादन कम भएका वर्षहरुमा अनिकाल टार्ने मुख्य बालीका रुपमा पनि लिने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै