नेभिगेशन
सुदूरपश्चिम

दुईवटा जेसिबी परिचालन हुँदा पनि जयपृथ्वी राजमार्ग सडक खुलेन, बिहानैदेखि यात्रु अलपत्र

आज दिनभर जसो जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । खोड्पे नजिकै दुइ यात्रु बाहक बस ठोक्किदा र पाटन नगरपालिका ८ झ्याउलेकमा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको हो । खोड्पे नजिक रहेको हरिहर प्लाजा नजिक खप्तड मालिका बस सडक सतह चिप्लो भएका कारण चिप्लिएर सुदूरपश्चिम यातायातको बसमा ठोक्किदा दुई घण्टा अवरुद्ध हुन पुगेको थियो ।

बसहरु ठोक्किए पनि यात्रु र चालकको अवस्था भने सकुशल रहेको त्यहाँबाट थलारा -४ का यात्रु मदन साउँदले बताउनुभयो । यस्तै जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ झ्याउलेकमा सडकमाथिबाट खसेको पहिरोले दिनभर जयपृथ्वी राजमार्ग अवरुद्ध गरेको छ । साना सवारी साधन मोटरसाइकल र जीप पास भए पनि यात्रुबाहक बसलाई असहज हुँदा दिनभर यात्रुहरु अलपत्र परेका हुन् ।

दिनभर एक्लै खटिएको जेसिवीले सडक खुलाउन नसकिएपछि अहिले दुईवटा जेसिबी परिचालन गरि सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी योगेश खत्रीले बताउनुभयो । यस्तै काठमाडौंबाट बझाङ आउँदै गरेकी अन्तिमा खड्काले दुईवटा जेसीबी सडक खुलाउन प्रयासरत रहे पनि सडकमा खसेको ठूलो ढुङ्गा हल्लाउन नसकिएको हुँदा कतिखेर खुल्ने भन्ने यकिन गर्न नसकिने अवस्था छ ।

 सडक अवरुद्ध हुँदा काठमाडौं, धनगढी र महेन्‍द्रनगरबाट दिवा सेवाका लागि छुटेका बस र बझाङबाट धनगढी काठमाडौं र महेन्द्रनगरका लागि छुटेका बसहरु झ्याउलेकमा रोकिदा यात्रुहरु अलपत्र परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै