नेभिगेशन
सुदूरपश्चिम

बन्द रहेको कायाखोला लघुजलबिद्युत आयोजनाको विद्युत सेवा पुन: सुचारु

साइपाल गाउँपालिका वडा नं ३ मा अवरुद्ध भएको कायाखोला लघुजलबिद्युत आयोजनाको महिनौपछि विद्युत सेवा सुचारु भएको छ ।

लगातार परेको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा करिब दुई महिनादेखि अवरुद्ध भएको कायाखोला लघुजलबिद्युत आयोजनाको विद्युत सेवा महिनौपछि ममर्त गरेर शनिबारबाट पुन: सुचारु भएको स्थानिय हर्जत बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको मुहानको नहर मर्मत गरेपछि बिद्युत सेवा पुनः सुचारु भएको हो ।  

साइपाल गाउँपालिका वडा नं ३ का वडा सदस्य गोपी बोहराको पहलमा वडाका स्थानियहरु मिलेर श्रमदान गरेपछि शनिबारबाट विद्युत सेवा सुचारु भएको बोहोराले बताउनुभयो । २०७६ सालमा बनेको लघुजलबिद्युत आयोजनाको महिनौसम्म अन्धकारमा बसेका स्थानियहरु विद्युत सेवा सञ्चालनमा आएपछि खुशी भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै