नेभिगेशन
सुदूरपश्चिम

५० औं डिएसपीका रुपमा नयाँ डिएसपी शाह बझाङ आउँदै

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४८ जना एसपी (प्रहरी उपरीक्षक)हरू र १२० जना डीएसपी ( नायव प्रहरी उपरीक्षक)हरूको सरुवा गरेकोे छ । सरुवा गरेसँगै सुदूरपश्चिमका सबै जिल्लाका उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूको पनि सरुवा भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले शुक्रबार गरेको निणर्यअनुसार एसपी र डीएसपीको सरुवा गरेका हुन् । २०८० सालको भाद्र महिना देखिको तलब, भत्ता, समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने गरी एसपी र डीएसपीको सरुवा गरीएको हो। 

सरुवा भएको ठाउँमा नयाँ व्यक्तिलाई पठाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायव उपरिक्षक जागेश्वरी भण्डारीलाई केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौंमा सरुवा गरिएको छ भने उहाँको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाण्डौँ शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत भरत बहादुर शाह बझाङ्गमा सरुवा भएर आउनुहुने भएको छ । 

गत २०७९ श्रावण २० गते सरुवा भइ बझाङ्ग आउनुभएका डिएसपी भण्डारी बझाङका लागि ४९ औं डिएसपी हुनुहुन्छ भने सरुवा भइ आउने नयाँ डिएसपी शाह ५० औं हुनुहुन्छ । बुधबार अर्थात भदौ २० गते डिएसपी भण्डारी बझाङबाट औपचारिक रुपमा बिदा हुने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै