नेभिगेशन
खेल

एसिया कप क्रिकेटमा आज भारत-पाकिस्तानको ‘हाइभोल्टेज’ खेल हुँदै

१६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । यी दुई टोलीबीचको ‘हाइभोल्टेज’ प्रतिस्पर्धा दिउँसो ३:१५ देखि श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा सुरु हुनेछ । 

पाकिस्तान र भारतबीचको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । भारत रोहित शर्मा र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रनेछन् । 

समूह ‘ए’ मा रहेको पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारत भने पहिलो खेल खेल्दैछ । ऊ पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ ।

भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण सन् २०१३ पछि सिरिज खेलेका छैनन् । एसिया कप र विश्वकपमा मात्रै यी दुई देशले प्रतिस्पर्धा गर्दै आएका छन् । जसकारण पनि भारत–पाकिस्तानबीचको खेललाई थप महत्वका साथ हेर्ने गरिन्छ ।

अहिलेसम्म यी दुई टिमबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारतले ७ र पाकिस्तानले ५ खेल जितेको छ । पछिल्लो पाँच ओडिआई भेटमा भारत चार र पाकिस्तान एक खेलमा विजयी भएको थियो ।

हालसम्म भारतले सातपटक र पाकिस्तानले दुईपटक एसिया कप उपाधि जितेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै