नेभिगेशन
सुदूरपश्चिम

लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

बझाङ : लैङ्गिक समानताका सवाल सम्बन्धि पत्रकार र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित सहयोग समाज र युनाईटेड मिसन टु नेपालको साझेदारीमा संचालित समान व्यवहार परियोजना अन्र्तगत दलित सहयोग समाजको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको सहकार्यमा आज बुधबार उक्त अन्र्तक्रिया कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो ।

 दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंह प्रमुख अथिति रहनुभएको थियो । त्यस्तै विशिष्ट अथिति यु।एम।एन।बझाङ्गका टिम लिडर मोहनचन्द्र भण्डारी रहनुभएको थियो ।  

लैङ्गिक हिंसा सम्बन्धि सरोकारवालाहरुले गरिरहेका क्रियाकलापहरुको बारेमा एक अर्कालाई जानकारी आदान प्रदान गर्ने, लैङ्गिकताका सवालहरुमा सहकार्य तथा समन्वयात्मक छलफल गर्ने, लैङ्गिक सवालमा एकरुपताका साथ सञ्चार परिचालन कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने र आगामी दिनमा निरन्तर लैङ्गिकता तथा महिला, बालबालिका क्षेत्रमा काम गर्ने संस्थाहरुको निरन्तर छलफल तथा भेटघाटबारे साझा बुझाई कायम गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त अन्र्तक्रिया कार्यक्रममा समान व्यवहार परियोजना बारे पनि सामान्य रुपमा जानकारी गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले लैङ्गिक समानता कायम गर्नका लागी आफैबाट व्यवहार परिवर्तन कार्यमा अग्रसर हुनुपर्ने, विभिन्न किसिमका हिंसाहरु अन्त्यका लागी चेतना स्तरमा अभिबृद्धि गर्नुपर्ने, स्थानिय सरकार र न्यायिक समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।

यसैविच समान व्यवहार परियोजनाका संयोजक भिम रसाईलीले कार्यक्रमको उद्देश्य सहित परियोजनाको बारे प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रम संचालन भने दलित सहयोग समाजका सहसचिव श्याम नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु, बार एसोसियसन, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समान व्यवहार परियोजना व्यवस्थापक र आयोजक संस्था कार्य समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै