नेभिगेशन
समाज

भ्रष्टाचारमा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न हुँदैनः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा दोषि देखिए आफूलाई नछोड्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताएका छन्। 

मंमगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफ्ना पार्टीका नेता त के आफूसमेत दोषि देखिएनछोड्न प्रहरीलाई निर्देशन दिएको बताएका हुन्। 

‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई अगाडि बढाएको छ। कसैलाई पनि बचाउने र अफ्ठ्यारो पार्ने नियतले कुनै पनि काम गरिएको छैन। मैले प्रहरी प्रशासनलाई मेरो पार्टीको नेताको त के कुरा अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन। सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणका आधारमा दोषिलाई छानबिन गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले सरकारका पछिल्ला गतिविधिहरू कुर्सी टिकाउन लागि नभएको समेत स्पष्टिकरण दिएका छन्। 

‘सरकारका कामहरू कुर्सी टिकाउनका लागि होइन। बरू देश र जनतामा राजनैतिक प्रणाली प्रति नै वितृष्णा छाएको। केही हुन्न सबै उस्तै हुन भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न र सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरा स्थापित गर्न पनि गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबिन अगाडि बढाएकाले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको छ,’ उनले भने। 

 यस्तै प्रधानमन्त्री प्रचण्डले न्यायको लडाईमा रहेकी गोरखाकी गंगामाया अधिकारीको उपचारमा  सरकारले ३७ लाख खर्च गरिसकेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

‘कानुनको अधिनमा रही गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका काम भइरहेका छन्। उनको अवस्था सामान्य रहेको र उपचारका लागि ३७ लाख ४७ हजार उपलब्ध गराएको छ,’ उनले भने। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै