नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ज्यान गुमाउने संख्या ९ पुग्यो

बझाङमा एक जना कोरोना संक्रमित मृतक थपिएसँगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। कैलालीका ५ जना र कञ्चनपुरका ३ जना संक्रमितको बिहीबार नै ज्यान गइसकेको छ। 

कैलालीको घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएका युवकको बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको उनले बताए। 

यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। 

त्यस्तै कैलालीको गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको घरमै मृत्यु भएको छ।  केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएकी ती महिलाको होम आइशोलेसनमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको बुधबार राति १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको बिहिबार बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनैपनि ट्राभल हिस्ट्री नभएको र उनीमा ब्लड क्यान्सरको समस्या रहेको बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोवीन्द रोकायाले बताए।

दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवक मंगलबार अस्पतालमा उपचारको लागि भर्ना भएका थिए। उनीमा कडा खालको निमोनिया देखा परेको थियो। उनी भारतबाट आएको डा रोकायाले बताए। 

यस्तै बैशाख ११ गते अस्पताल भर्ना भएकी भिमदत्त नगरपालिका १८ की ३६ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।