नेभिगेशन
सुदूरपश्चिम

दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो

दुुर्गाथली गाउँपालिका वडा नम्बर २ मा चैते धानको परिक्षण सफल भएको छ । बझाङमा पहिलो दुुर्गाथली २ स्थित गाग्रीपाटामा ४० केजी बिउबाट सफल परिक्षण भएको छ ।

कञ्चनपुरको सुन्दरपुरस्थित कृषि विकास फर्मबाट ल्याइएको चैते ६नामक धानको सफल परिक्षण भएको दुुर्गाथली २ का वडाध्यक्ष धनराज मिश्रले बताउनुुभयो ।

कृषि ज्ञान केन्द्रले कञ्चनपुरको सुन्दरपुर कृषि विकास फार्म २०० किलो चैते ६ र हर्दीनाथ १ जातको धानको बिउ ल्याएकोमा जयपृथ्वी नगरपालिका, थलारा, छबिस, केदारस्युँ, दुुर्गाथली गाउँपालिका लगायत तल्लो तटिय क्षेत्रमा वितरण गरिएको थियो ।

त्यसमध्ये दुुर्गाथली २ गाग्रीपाटा सफल भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टका अनुसार अन्य ठाउँमा लगाइएको धानबालीको नतिजा प्राप्त हुन बाँकी रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।