नेभिगेशन
सुदूरपश्चिम

सामाजिक सञ्जालको दुरुपयोग गर्दै पत्रकारीताप्रति भ्रमपूर्ण टिप्पणी नगर्न पत्रकार महासंघ बझाङ शाखाको अपिल

बझाङ : नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले पछिल्लो समय सामाजिक सञ्जालमा आएका पत्रकार र पत्रकारीतासँग सम्वन्धित भ्रमपुर्ण अभिव्यक्ति प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष शैलेन्द्र रोकायाद्धारा हस्ताक्षरित पत्रमा उक्त कुरा उल्लेख गरिएको हो ।

पत्रमा भनिएको छ, “पछिल्लो समयमा सामाजिक सञ्जालमा पत्रकारहरु लक्षित केहि अनर्गल भ्रमपुर्ण र तथ्यहिन आरोप लागेको प्रति नेपाल पत्रकार महासंघ बझाङ शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।      

नेपालको लोकतान्त्रिक व्यवस्थाको परिवर्तन र लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली सञ्चारले खेलेको भुमिका घाम जस्तै छर्लग छ । नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको नागरिक समाजको अगुवाई संस्थाका रुपमा रहेको नेपाल पत्रकार महासंघ र यसमा आवद्ध भएका पत्रकारहरुले मुलुकको विकास र समृद्धिका लागि खेलेको भुमिका र नागरिकहरुलाई सु—सुचित गर्ने महत्वपुर्ण जिम्मेवारी बहन गरेको कुरा समेत सबैमा अवगत नै छ । 

पछिल्लो केहि समयदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्लाको समग्र पत्रकारीताको बेइज्जती हुने गरी सामाजिक सञ्जालमा सक्रिय समूहले पत्रकारहरु लक्षित गरी चलाइएको भ्रमपुर्ण अभिव्यक्तिले समाजलाई दिग्भ्रमित पारेको छ । समाचार लेखन कार्य र अन्याय अत्याचारको विरुद्ध लेख्दा, बोल्दा केहि व्यक्तिले संगठित रुपमा सिंगै जिल्लाको पत्रकारीताको स्वाभिमानमा आँच आउने गरी दिएको अभिव्यक्तिहरु प्रेस स्वतन्त्रताको विरोधि कार्य भएको हाम्रो बुझाई छ । त्यस्ता अनर्गल कुरा लेख्दै सामाजिक सञ्जालको दुरुपयोग नगर्न महासंघ सबैमा आग्रह गर्दछ । 

पत्रकारहरुका कार्यप्रति गुनासा भए महासंघलाई समयमा खबर गर्न समेत सबैमा अनुरोध छ । पत्रकारीता पेशाको दुरुपयोग गरी पत्रकार साथिहरुले पनि कुनै बाहानामा गैरकानुनि कार्यहरु गरेमा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा वा महासंघमा जानकारी गरेर सहयोग गरिदिन समेत विनम्र अनुरोध गदर्छु । 

पत्रकारीता जस्तो पवित्र पेशामा लागेका पत्रकार साथीहरुले मर्यादित तथा जिम्मेवार पत्रकारीता गर्न सचेत हुन अनुरोध गर्दछौ । पत्रकार आचारसंहिताको पूर्ण पालना गरि सूचना तथा समाचार सम्प्रेषण गर्न समेत आग्रह गर्दछौ । यस्ता गैरकानुनी अभिव्यक्ति कुनैपनि व्यक्ति, संघ संस्था, राजनितिक दल वा पत्रकारबाट हुन गएको खण्डमा महासंघ कानुनी प्रक्रियाको बाटोमा जान बाध्य हुनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै