नेभिगेशन
सुदूरपश्चिम

जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बझाङ : जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला अस्पताल बझाङको आयोजनामा आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

आर्थिक बर्ष २०७९÷०८० मा जिल्ला अस्पताल बझाङबाट प्रवाह भएको  सेवा सुविधा, उपलब्धि एव चुनौती लगाएतका अन्य गतीबिधीका बारेमा सहभागिहरुले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ जिल्ला अस्पतालका स्वास्थ्यकर्मि तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले दिएर सेवा पारदर्शि बनाउनको लागी सार्बजनिक सुनुवाइ गरीएको हो । 

उक्त सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले अस्पतालमा भएको सेवा प्रवाहमा देखिएका चुनौती, कमिकमजोरीहरु र सुधार गर्नुपर्ने लगाएतका बिषयमा जिज्ञासा,गुनासा र सुझावहरु समेत राखेका छन् । सहभागिहरुको । गुनासा जिज्ञासाको जवाफ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवराज जोशीले दिनुभयो । उहाँले गत वर्ष जिल्ला अस्पताल बझाङ न्युनतम सेवा मापदण्डमा देशकै दोस्रो उत्कृष्ट बनेको स्मरण गर्दै यसवर्ष पहिलो बनाउने प्रयास गरिरहेको बताउनुभयो ।

यसैबिच गत आर्थिक वर्षमा अस्पतालमा उत्कृष्ट कार्य गर्न सफल दुई कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरीएको छ । जनभावनाको कदर गर्दै इमान्दारिता पुवर्क काम गर्ने अस्पतालका ल्यावअसिस्टेन्ट करीष्मा भण्डारी र खानेपानी तथा सरसफाई सहायक लक्ष्मिराज कोइरालालाई नगद सहित प्रशसांपत्र प्रदान गरिएको हो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिहँको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहदुर बोहोरा प्रमुख अतिथि रहनुभएको थियो । यस्तै अतिथिमा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, विभिन्न पालिकाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सहभागीता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै