नेभिगेशन
सुदूरपश्चिम

बझाङमा फाइबर पुन: ब्रेक, ठेकेदार कम्पनी सम्पर्क बिहीन हुँदा सुधार गर्न ढिलाई

फाइबर ब्रेक हुँदा पुन: बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल टेलिकमको डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन अन्तर्गत खोड्पेदेखि झलाल्लाबीचको फाइबर पुन: ब्रेक हुँदा सेवा प्रभावित भएको हो ।

पानी परेर विद्युत पोल ढल्दा फाइबर ब्रेक भएको नेपाल टेलिकम बझाङ शाखाले केही समय अगाडी सुधार गरेपनि पुन: बढी क्षति हुँदा यहाँका प्राविधिकले सुधार गर्न नसक्ने अवस्था सृर्जना भएको छ । 

फाइबर ब्रेक हुँदा बझाङमा फोन गर्दा आवाज नसुनिने, काटिएर आउने र इन्टरनेट सेवा नचल्ने समस्या देखिएको छ । डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन सानो विद्युत पोल र लामो दुरी भएका कारण बर्खामा पहिरो जाने पोल ढल्ने र हिउँदमा तन्किएर फाइबर ब्रेक हुने समस्या दोहोरिरहेको नेपाल टेलिकम बझाङ शाखा प्रमुख बमबहादुर सिंहले बताउनुभयो ।

अहिले नेपाल टेलिकमलाई फाइबर लाइन विस्तार गर्ने कम्पनीले हस्तान्तरण गरेका कारण नेपाल टेलिकम र ठेकदारबीच कुरा बाँझिदा ढिलाइ भइरहेको छ ।

ठेकेदारले ब्रेक भएको फाइबर जोडिदिनु पर्ने टेलिकमको भनाई छ भने फाइबर लाइन विस्तार गर्ने ठेकेदार कम्पनी हाल सम्पर्क बिहीन अवस्थामा रहेको टेलिकम शाखा बझाङका कर्मचारी कैलाश यादवको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै