नेभिगेशन
सुदूरपश्चिम

सेतीले कटान गर्दा पौडीबजार र थलारा जोड्ने झोलुङ्गे पुलमा जोखिम बढ्यो

सेती नदीमा पानीको बहाब बढेसँगै केदारस्युँ ९ पौडीबजार र थलारा गाउँपालिका जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । पुल जोखिममा हुँदा यात्रु तथा स्थानीयलाई झोता बजार आवतजावत गर्न शास्ती हुन थालेको छ ।

झोलुङ्गे पुलको मुनीबाट सेती नदीले अघिल्लो वर्ष र यस वर्ष दुबै तर्फ कटान गरिरहेकाले वारपार गर्ने स्थानीय त्रसित बन्न थालेका हुन् । 

यस वर्ष पनि दुबैतिर कटान भइरहेकाले पुल कमजोर बनेको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,'पुलको दुबै तर्फ सेतीले कटान गरेको छ । वारिपारीका लठ्ठा कटान निकै कमजोर छ । यस्तै अवस्था आइरहे पुल आवतजावतमा रोक लगाउनुपर्ने हुन सक्छ ।' 

पौडीबजारबाट थलारा तर्फ जाने  थलारा ३ र ४ का बासिन्दाको मुख्य बजार झोतामा आवतजावत गर्न समस्या भएको स्थानीय सुर्य जोशीले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै